कहाँबाट आउँछ आन्दोलनकारीलाई तितरबितर पार्ने हजारौ लिटर पानी ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 11, 2019 | 09:40:48 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा आन्दोलनका विभिन्न अभ्यासहरु प्रचलनमा छन् । कतै शान्तिपूर्ण, कतै सत्याग्रह र कतै विद्रोह नै । नेपालमा यी र यस्ता आन्दोलन हुनुलाई सामान्य रुपमा लिईन्छ । सरकारले तोकेको घेरा तोडेर विद्रोह गर्नुलाई सानदार विजय मानिन्छ र खुशीयाली मनाईन्छ । 

केही महिनाअघि सरकारले आन्दोलन र सरकार विरोधि गतिविधिका लागि निश्चित स्थान तोक्यो । तर यसको चौतर्फी आलोचना र विरोध भयो । अन्ततः अदालतमा मुद्दा समेत पर्यो र सरकारको विपक्षमा फैसला भयो । फलस्वरुप निरन्तर आन्दोलन गर्नेहरुले आफ्नो जित भएको महशुस मात्रै गरेनन्, नाराबाजी गरेर उत्सव नै मनाए । 

विकसित मूलुकमा आन्दोलन गर्ने निश्चित ठाउँ हुन्छन । आन्दोलनका लागि र सरकारका विषयमा चित्त नबुझेका विषयमा नाराबाजी गर्न पहिले नै ठाउँ बुकिङ गर्नुपर्ने व्यवस्था पनि विभिन्न देशमा छ । सरकारले पनि ती स्थानमा भएका आफू विरोधि गतिविधि कति ठिक र कति बेठिक भनेर अध्ययन गर्छ र आवश्कता अनुसार आफूलाई सच्याउछ । नेपालमा यी यस्ता अभ्यास छैनन् । सरकारमा हुनेले हेपेर र थिचेर आन्दोलन दबाउन खोज्ने र विरोधमा हुनेले पनि विरोधका लागि विरोध गर्ने प्रचलन छ ।

अहिले सरकार विभिन्न कानुन बनाउने तयारीमा छ । मिडिया काउन्सिल विधेयक, सार्वजनिक खरिद ऐन शंसोधन, चिकित्सा शिक्षा विधेयक, गुठी विधेयक लगायतका ऐन कानुनहरु तर्जुमा गरि पास गराउने कसरतमा रहेको सरकार विरुद्ध आन्दोलन भईरहेका छन् । 

कहाँबाट आउँछ पानी ?

आन्दोलनकारीले निकै निउ खोज्ने गरेको भन्दै प्रहरीले पानीको फोहोरा हान्ने गर्छ । आन्दोलनकारीले सडक अवरुद्ध बनाएर चर्का नाराबाजी गरेपछि प्रहरीले पहिलो अस्त्रको रुपमा पानीको फोहोरालाई प्रयोग गर्ने गर्छ ।

आन्दोलनकारीले प्रहरीले आफूहरुलाई फोहोर पानी छ्याप्ने गरेको बताएपनि प्रहरीले भने सफा र खान योग्य पानी नै छ्याप्ने गरेको बताएको छ । नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलका अनुसार १० देखि १२ हजार लिटरको दमकल जस्तै देखिने वाटर क्यानन (water canon) प्रहरीले धेरै आन्दोलन हुने स्थानमा स्ट्याण्ड बाइ राखेको हुन्छ । फोहोरा हान्दा हान्दै पानी सकिए पानी बोकेको ट्याङ्कर पनि साथमै राखेको हुन्छ ।

प्रहरीले बजारबाट किनेर नै पानी क्याननमा भर्ने र त्यही पानी आन्दोलनका समयमा आन्दोलनकारीले गलत काम गरे प्रयोग गरिने जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved