मोदी विश्वकै शक्तिशाली व्यक्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2019 | 03:55:38 PM मा प्रकाशित

laxmi  sunrise bank

बेलायतको हेराल्ड पत्रिकाको एक ‘पोल’मा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीलाइ पाठकले सन् २०१९ को सबभन्दा शक्तिशाली व्यक्तिका रूपमा चयन गरेका छन्।

यस पोलमा मोदी भ्लादिमिर पुटिन, डोनाल्ड ट्रम, सी जिनपिङजस्ता शक्तिशाली विश्वका नेताहरूलाई पछि पार्दै पहिलो भएको जनाइएको छ । हेराल्डका पाठकले अनिवार्य ‘वन टाइम पासवर्ड’ (ओटीपी) प्रोसेसको माध्यमबाट भोट हालेर शक्तिशाली व्यक्ति चयन गरेको हुन् ।

शनिबार भएको मतदानमा मोदीले सबभन्दा धेरै ३०.९ प्रतिशत मत पाए भने रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले २९.९ प्रतिशत भोट ल्याए, २१.९ प्रतिशत मत ल्याएर अमेरिकी राष्ट्रपति ट्रम्प तेस्रो भए भने चीनका राष्ट्रपति सी जिनपिङलाई पाठकले १८.१ प्रतिशत मत दिएको जनाइएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved