भारत छिर्न भिसा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2019 | 12:47:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली नागरिकलाई भारत प्रवेश गर्न भिसा आवश्यक भएको छ । चीन, हङकङ, पाकिस्तान र मकाउ हुँदै भारत प्रवेश गर्ने नेपालीलाई भिसा अनिवार्य गरिएको जनकारी आएको नयादिल्लीस्थित नेपाली दुताबासले जनाएको छ । 

योसँगै भारतको बाटो हुँदै साउदी अरेबिया, कतार, कुवेत, संयुक्त अरब एमिरेट्स (युएई), ओमन, बहराईन, इराक, लिविया र लेवनान यात्रा गर्ने नेपाललाई भारतीय अध्यागम पार गर्दा अब नेपाली दुताबासको सिफरिस पत्र आवश्यक पर्ने भएको छ । भारतीय अध्यागम पार गर्दै यी देशमा जाँदा कुन देश जान लागेको उक्त देशको भिसा र हवाई टिकटको प्रतिलिपी पनि बुझाउनु पर्नेछ । यसरी कागजात बुझाएपछि मात्रै दुताबासले औचित्यको आधारमा सिफरिस उपलब्ध गराउने भएको छ ।

नेपाल भारतको सिमाना खुला भएका कारण नेपालीहरु भारतमा र भारतीयहरु नेपालमा भिसा बिना नै यात्रा गर्न सक्थे । तर नेपालले भारतलाई भारतको बाटो हुँदै खाडी मुलुकमा जाने नेपालीहरु (विशेषगरी युवतीहरु) लाई नेपाली दुताबासको सिफरिस बिना जान नदिन भनेको छ । यसको कारण पनि भारतले खाडीका देशमा जाने नेपालीका लागि उक्त देशको भिसा लगायतका कागजात माग्ने भएको हो ।



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved