प्रहरी चौकीमै मासु पसल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2019 | 10:20:10 AM मा प्रकाशित

laxmi  sunrise bank

बाँकेको नेपालगञ्जमा चोकचोकमा प्रहरी बिट छन् । कारकाँदो, न्यूरोड, त्रिवेणी मोड, भेरी अञ्चल अस्पताल अगाडि, बाँकेगाउँ र घरबारी टोलमा प्रहरी बिट रहेका छन् । तर यी बिट रित्तै छन् । नेपालगञ्जको सेतु विकचोकमा रहेको प्रहरी बिटमा प्रहरी नभएको महिना दिन पुग्यो । 

धेरै प्रहरीको एकैपटक रमाना भएकाले केही बिटहरू खाली भएको बाँकेका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।  नेपालगञ्जलाई केन्द्र बनाएर सम्पन्न भएको आठौँ राष्ट्रिय खेलकूदका लागि भन्दै रमाना नदिएर राखिएका प्रहरीहरू एकैपटक रमाना बुझेर जाँदा धेरै जना बाहिरिएका उनले बताए ।

बाँकेमा ९०० हाराहारीमा प्रहरी दरबन्दी छ । प्रहरीले सङ्ख्या नै खुलाउन नचाहे पनि जागिर छोड्ने प्रहरीको सङ्ख्या ठूलो छ ।

प्रहरी बिटमा मासु पसल 

प्रहरी बिटमा प्रहरी नै नहुने भएपछि त्यसको फाइदा उठाउँदै स्थानीयले मासु पसल सञ्चालन गरेका छन् । नेपालगञ्ज–८ को रानीतलाउ नजिकको सब्जीमण्डीमा मासु व्यवसायी रिजवान कुरैसीले प्रहरी बिटमै मासु पसल सञ्चालन गरेको थिए । प्रहरीले बिटमै मासु पसल सञ्चालन गर्ने कुरैसीलाई पक्राउ गरेर कारवाही अघि बढाएको छ । प्रहरी नायब निरीक्षक प्रकाश सापकोटाले प्रहरी बिट भए पनि प्रयोगविहीन अवस्थामा रहेको स्वीकार गरे । 

पोष्ट बन्यो, प्रहरी छैनन्

स्थानियबासिको मागअनुसार राप्तीसोनारी गाउँपालिका–५ अलिनगरमा अस्थायी प्रहरी पोष्ट तयार छ । स्थानीयको श्रमदान र पाँच लाखको लागतमा प्रहरीलाई आवश्यक पर्ने पूर्वाधार तयार गरेको महिना दिन बितिसक्दा पनि प्रहरी पुगेका छैनन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved