काठमाडौँ सरसफाइको लागि ५०० वटा डस्विन निशुल्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2019 | 11:33:20 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाण्डौं उपत्यकालाई लक्षीत गर्दै भोला, करेन्ट पान मसाला र रोट्रयाक्स क्लबले संयुक्त रुपमा सरसफाइ अभियान सुरु गरिरहेको छ ।

उपत्यकामा जथाभावि फोहर भएका कारण सरसफाई गर्ने उदेश्यले सुर्ति, चुरोट, चाउचाउ, बिस्कुट लगायतका प्लास्टीकहरु हिड्ने बाटो रोडमा जथाभावि फाल्नेहरुको लागी भोला, करेन्ट पान मसाला र रोट्रयाक्स क्लब अफ रुद्रमतीले सयुंक्त रुपमा डस्विन वितरण गरेको छ  ।

आयोजकले जथाभावी फोहर नफालौ सभ्य बनौ भन्ने मुल नाराका साथ उक्त कार्यक्रम जेठ २५ गते देखि सन्चालन गदै आइरहेको छ । कलंकी र तिनकुनेमा ५ सयवटा डस्विन निःशुल्क वितरण गरेका श्रीराम टोबाको र करेन्ट पान मसालाका बाग्मती अञ्चलका जेनेरल सेल्स म्यानेजर अनुपभद्र खनालले बताए ।










Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved