इतिहासमै पहिलो पटक बालुवाटारमा इद मिलन कार्यक्रमको आयोजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2019 | 09:43:50 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले ईदुल फित्रको अवसरमा शुभकामना दिन इद मिलन कार्यक्रमको आयोजना गरेका छन। प्रधानमन्त्रीको सरकारी  निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले ईद मिलन कार्यक्रमको आयोजना गरेका हुन।

नेपालको इतिहासमा प्रधानमन्त्रीबाट बालुवाटारमै इद मिलन कार्यक्रमको आयोजना गरिएको यो पहिलो पटक हो। यस प्रकारको कार्यक्रमले मुस्लिम समुदायको संविधानमा स्थापित राष्ट्रिय पहिचानलाई थप मजबुत बनाउने मुस्लिम समुदायका अग्रजहरुको बिश्वास छ।  

कार्यक्रममा प्रधानमन्त्री ओलीका साथै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, डा.बाबुराम भट्टराई, उपप्रधानमन्त्री ईश्वर पोख्रेल, शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राइन लगायतका मन्त्रीहरू, नेकपाका महासचिव विष्णु पौडेल, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी, पूर्वमन्त्री, सांसद, विभिन्न देशका कुटनीतिक नियोग प्रमुखहरू र मुस्लिम नेता तथा अगुवाहरूको उपस्थिति  थियो।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved