भारतबाट तरकारी र फलफूल ल्याउन कडाइ, ट्रक जति भन्सारमै रोकिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2019 | 08:01:01 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल–भारत सीमा नाकामा ४० भन्दा बढी ट्रकलाई दुई दिनदेखि नेपाल प्रवेशमा रोक लगाइएको छ । नेपालतर्फको नाका जमुनाहामा मात्रै १७ वटा ट्रक रोकिएका छन् भने भारतीय सीमा नाका रुपैडिहामा २५ भन्दा बढी ट्रक रोकिएका छन् ।

भारतबाट तरकारी र फलफूल बोकेर नेपाल भित्रिँदै गरेका ट्रक सीमामै रोकिएका नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले जानकारी दिए । उनले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको परिपत्रअनुसार भारतबाट नेपाल प्रवेश गर्दै गरेका मालवाहक ट्रक रोकिएको बताए । उनले भने, ‘विषादी परीक्षण नगरेका ट्रकहरूलाई नेपाल प्रवेशमा रोक लगाउनु भन्ने परिपत्र आएको छ । परिपत्र आएलगत्तै हामीले ती ट्रकको जाँच पास दिएका छैनौँ ।’

दुई दिन मात्रै तरकारी र फलफूल बोकेका ट्रक नेपाल नभित्रिएपछि नेपालगञ्जमा तरकारीको भाउ बढ्न थालेको छ । मागअनुसार आपूर्ति हुन नसक्दा भाउ बढ्न थालेको हो । दैनिक ८० टनभन्दा बढी तरकारी बिक्री हुने नेपालगञ्जको राति तलाउमा धेरैजसो तरकारी भारतबाटै आयात हुन्छ । आयात रोकिएपछि व्यवसायीहरूले भाउ बढाउन थालेका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved