एक महिनामा पाइपलाइन मार्फत डिजेल नेपाल आउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2019 | 10:43:46 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जमीनमुनि ओछ्याउने काम सम्पन्न भएको छ । पाइपलाइनको परीक्षणको काम पनि सफल भएकोले  प्राविधिकले यसै महीनाको अन्त्यसम्ममा पाइपलाइन सञ्चालनमा आउने सम्भावना रहेको बताएका छन् । नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशनका प्राविधिकको संयुक्त टोलीको उपस्थितिमा परिक्षण सम्पन्न गरिएको हो ।

पाइपलाइनबाट पानी पठाएर गरेको परीक्षण सफल भएपछि उक्त पाइपलाइन एक महिनामा सञ्चालनमा आउने परियोजना कार्यालय सिमराले जनाएको छ ।

परिक्षण सफल भएपछि विहारको राजधानी पटनाबाट मोतिहारी रक्सौल हुँदै अमलेखगञ्जसम्म डिजेल ल्याउन सकिने भएको पेट्रोलियम पाइपलाइन विस्तार आयोजना सिमराका इञ्जिनीयर शरद पौडेलले बताए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved