हुलाकी राजमार्ग निर्माण भारतीयको अवरोध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2019 | 10:39:48 AM मा प्रकाशित

laxmi  sunrise bank

हुलाकी राजमार्ग निर्माणमा भारतीय सीमा सुुरक्षा बल (एसएसबी) ले अवरोध गरेको छ । कञ्चनपुरको बेलौरी नगरपालिका ८ पचुई क्षेत्रमा निर्माणाधिन राजमार्गमा एसएसबीले अवरोध गरेपछि १५ दिनदेखि सडक निर्माणको काम रोकिएको छ । 

एसएसबीले सडक निर्माण कम्पनी बाबाहंस सिद्धिकीका सञ्चालक चक्र शाहलाई सडक निर्माण नगर्न दबाब दिएपछि काम रोकिएको हो ।  शाहले एसएसबीको दबाबका कारण काम रोकिएको बताएका छन् । एसएसबीले उक्त क्षेत्रको १२ सय मिटर सडक भारतमा पर्ने भन्दै काम रोक्न दबाब दिएको बताईएको छ ।

कन्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशीलकुमार वैद्यले नेपाल–भारतका सीमा सुरक्षा अधिकारीबीच काम जारी राख्ने सहमति भईसकेको दाबी गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved