‘प्रधानमन्त्री बेरोजगार कार्यक्रम’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2019 | 11:00:09 AM मा प्रकाशित

laxmi  sunrise bank

सुर्खेतको बीरेन्द्रनगर नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको नाम नै परिवर्तन गरेर ‘प्रधानमन्त्री बेरोजगार कार्यक्रम’ लेखिएको ज्याकेट छापिएको छ । नगरपालिकाको वडा नम्बर ७ मा उक्त कार्यक्रमका लागि कामदारले लगाउन छापिएको ज्याकेटमा ‘प्रिन्ट मिस्टेक’ भएको छ । अहिले बजेट निकासा नभएपनि नीतिगत रुपमा आएको हुनाले नगरको सो वडामा मात्रै प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भईरहेको छ । अहिले १८ जना कामदारले विभिन्न काम गरिरहेको नगरप्रमुख देव कुमार सुवेदीले जानकारी दिए ।

छपाईको क्रममा प्रिन्ट मिस्टेक भएको र थाहा पाउनाािथ करेक्सन गरिसकिएको नगरप्रमुख सुवेदीले बताए । ज्याकेटमा नाम लेख्ने ‘प्रिन्टिङ प्रेस’ले गल्ती गरेको र सबै ज्याकेट उसलाई फीर्ता गरिएको उनले बताए । प्रेसले नयाँ ज्याकेट छापेर वडालाई दिसकेको मेयर सुवेदीको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved