विप्लवको बन्दमा सर्वसाधारणलाई प्रहरीको स्कर्टिङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2019 | 11:39:56 AM मा प्रकाशित

laxmi  sunrise bank

नेत्र विक्रम चन्द ‘विप्लव’ समूहको नेपाल बन्दको प्रभाव शैक्षिक संस्थामा परेको छ । काठमाडौँका नीजि र सरकारी विद्यालय पूर्णरुपमा बन्द छन् । 

यसको साथै यातायतको क्षेत्रमा पनि बन्दको प्रभाव परेको छ । राजधानी भित्र निर्वाध रुपमा यातायात सञ्चालन भईरहेपनि राजधानी बाहिर (लामे दुरीका) भने चल्न सकेका छैनन् । राजधानी भित्र पनि बन्दको समयमा हुन सक्ने संभावित घटनालाई मध्यनगर गर्दै सुरक्षाकर्मीको सहयोगमा सवारी साधन चलिरहेका छन् । 

साझा यातायातका बसहरुमा यात्रुको सुरक्षाको लागि प्रहरीले सुरक्षाकर्मी नै खटाएको छ । साझाका उपत्यकामा मात्र ५१ वटा बसहरु सञ्चालनमा छन् । यीमध्ये ४० बसमा दुई÷दुई जनाका दरले सुरक्षाकर्मी खटिएका छन् । एउटा बसमा दुई जना प्रहरी पोशाक र हतियारसहित खटिएका छन् । एक जना अगाडी र एकजना पछाडी बसेर सुरक्षा दिईरहेका छन् । 

प्रहरीले बिहानदेखि बेलुकासम्म ती बसहरुमा सुरक्षाकर्मी खटाउने छ । साझा यातायातका अध्यक्ष कनकमणी दिक्षितका अनुसार साझामा यात्रु सुरक्षार्थ खटिएका प्रहरीलाई खाना र खाजाको व्यवस्था भने साझा यातायातले नै गर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved