भोजमा माछा खाँदा ४१ जना बिरामी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2019 | 10:31:19 AM मा प्रकाशित

laxmi  sunrise bank

तनहुँको भानु नगरपालिका खहरेमा भोज खाँदा ४१ जना बिरामी परेका छन् । स्थानिय धनराज श्रेष्ठको छोराको भात खुवाइमा बिहीबार भोज खाएका गाउँलेहरु एकैपटक बिरामी परेका छन् । 

स्थानीयवासीले भोजमा माछा, कुखुराको मासु, केराउको तरकारी, सलादलगायत खाएका थिए । माछा खाएका गाउँले बिरामी परेको भानु नगरपालिका–३ का वडाध्यक्ष दलनारायण श्रेष्ठले जानकारी दिए । “अन्य खानेकुरा खाएका स्थानीयवासीलाई केही असर छैन,” श्रेष्ठले भने । .

बिरामी परेका स्थानीयवासीलाई झाडापखाला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने लक्षण देखापरेको छ । बिरामीमध्ये तीनलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ भने अन्य बिरामीको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved