‘आईफा अवार्ड’ मा पैसा दिने निर्णयप्रति भीम रावलको आपत्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2019 | 03:19:52 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा भीम रावलले आईफा अवार्डको लागि एक अर्ब दिने निर्णय गलत भएको टिप्पणी गरेका छन् । 

पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता रावलले ‘भारतीय चलचित्र पुरस्कार आईफाको आयोजनाका लागि काठमाडौं महानगरले ४४ करोड दिने, नेपालको करिब १ अर्ब लगानी हुने र त्यसलाई सरकारले स्वीकृति दिएको खबर सुन्दा आश्चर्य लागेको छ, हाम्रो पार्टीको स्थायी कमिटी बैठक भए जान्न पाइन्थ्यो कि ?’ भन्दै प्रश्न गरेका छन् । 

उनले ‘सरकारले नेपाली चलचित्रको लागि कति पैसा दिएको छ ? कुनै हिसाबकिताब छ ? हामीले स्थान उपलब्धता र सुरक्षाको प्रबन्ध गर्ने हो । उहाँहरुप्रति सद्भाव देखाउने हो । यत्रो रकम किन खर्चिनुपर्यो ?’ प्रश्न गरे । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved