मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2019 | 04:48:49 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिकाको वाणीमा आज मोटरसाइल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । कैलालीको अत्तरियाबाट झलारीतर्फ आउँदै गरेको म१प ७२९१ नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको हो ।

शुक्लाफाँटा नगरपालिका–४ असैनाका २३ वर्षीय वीरेन्द्र रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।

मोटरसाइकल अनियन्त्रित भई सडक नजीकको पोलमा ठोक्किदा सख्त घाइते भएका रानाको उपचारका लागि कैलालीको पद्मा अस्पतालमा पु¥याएपछि मृत्यु भएको उनले बताए । मोटरसाइकल पछाडि बसेका मृतकका बुवा ५० वर्षीय सुका रानासमेत घाइते भएका छन् । घाइते रानाको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । रानाको शवपरीक्षणका लागि महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा राखिएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved