संखुवासभामा सरकारी फौज र विप्लव समूहबीच भिडन्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2019 | 10:09:07 AM मा प्रकाशित

laxmi  sunrise bank

संखुवासभाको सिलिचुङ्गमा सरकारी फौज र विप्लव समूहबीच भिडन्त भएको छ । दुवै पक्ष हतिरसहित भेट भएकाले फायरिङ भएको र यसविषयमा थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय शंखुवासभाले जनाएको छ । 

शंखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेका अनुसार प्रमुख जिल्ला अधिकारी सहितको सुरक्षा समितिको बैठक बसिरहेको छ । बिहान ९ बजेतिर शसस्त्र प्रहरी र नेपाल प्रहरीको गस्तीमा रहेको १९ जनाको टोलीमाथि विप्लवका कार्यकर्ताले गोली चलाएपछि प्रहरीले जवाफी फाइरिङ गरेको र दोहोरो फायरिङमा मानवीय क्षति भए नभएको बारेमा जानकारी आउन बाँकी रहेको उनको भनाई छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved