रामेछापमा सुमो दुर्घटना, ११ जना घाइते

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2019 | 02:22:19 PM मा प्रकाशित

laxmi  sunrise bank

रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर ४ पकरबासमा टाटा सुमो दुर्घटना हुँद २ जना गम्भीर घाइते भएका छन् । जिल्ला सदरमुकाम मन्थलीबाट दोरम्बा हिडेको ना १ ज ६४४१ नम्बरको टाटा सुमो जीप पकरबासको भिमसेनस्थान नजिक दुर्घटना भएको हो । सडकबाट खसेर सुमो करिब ७५ मिटर तल बारीमा पुगेको छ । 

गम्भीर घाइते दुई जनालाई एम्बुलेन्स मार्फत काठमाडौँको ट्रमा सेन्टरमा ल्याईएको छ । वडा अध्यक्ष धनबहादुर मानन्धरका अनुसार टोकरपुरकी ३८ वर्षीय पवित्रादेवी थापमगर र सोही ठाउँकी ६८ वर्षीय पदमकुमारी थापाको अवस्था गम्भीर छ । 

घाईतेहरुमा टोकरपुरकै श्याम पहरी, मिनवहादुर पहरी, भिरपानीका ध्यानवहादर तामाङ्ग, पकरवासकी रमा तामाङ, सुमो चालक खाँडादेविका गोपि रायमाझी, मझुवाका अनिषा योन्जन, अनिता घिसिङ र मन्थली नगरपालिका ५ का सिताराम आचार्य रहेका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved