काभ्रेको बनेपामा फेरी सिरिन्ज आक्रमण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2019 | 05:19:04 PM मा प्रकाशित

laxmi  sunrise bank

काभ्रेको बनेपामा फेरी सिरिन्ज आक्रमण भएको छ । बनेपाको पुल बजारमा बिहिबार बेलुका सिरिन्ज आक्रमण भएको हो । 

 धुलिखेल-काठमाडौँ चल्ने बसका सहचालक माथि सिरिन्ज आक्रमण भएको हो । काठमाडौँबाट आएको बा ४ ख २१३९ नम्बरको धुलिखेल-काठमाडौँ चल्ने बसका सहचालकलाई सोहि गाडीमा आएका यात्रुले झर्ने बेला आक्रमण भएको बसका एक यात्रुले बताए  । सहचालकका अनुसार सेतो सर्ट लाएका पुरूष यात्रुले उनको कुहिनो नजिक तिखो बस्तु घोपेका थिए ।  

बसका चालक र पिडीत सहचालक उजुरी दर्ता गर्न इलाका प्रहरी कार्यलय पुगेका छन् ।

केहि समय अगाडी बनेपा नगरपालिका– ८ करुणा मार्गमा ठमेल घर भई बनेपामा बस्दै आएकी ३४ बर्षीय महिला माथि पनि सिरिन्ज आक्रमण भएको थियो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved