‘आइफा’को आयोजकद्धारा कानुनी उपचार खोज्ने चेतावनी !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2019 | 03:28:28 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्टरनेशनल इण्डियन फिल्म एकेडमी अवार्ड (आइफा) नेपालमा गर्नेबारे आयोजक संस्था विजक्राफ्ट इन्टरनेशनलले कानुनी उपचार खोज्ने चेतावनी दिएको छ । विजक्राफ्टले ‘जारी छलफलको विषयलाई नेपालका सरकारी अधिकारीहरूले सार्वजनिक गरेका छन् त्यसले हाम्रो संस्थालाई कानुनी उपचार खोज्न बाध्य पारेको छ’ भनेर विज्ञप्ती नै निकालेको छ ।

२० औं संस्करणको अवार्ड समारोह आयोजनाका लागि नेपालसहित धेरै देशले प्रस्ताव पठाएको विज्ञप्तिमा उल्लेख छ । 

‘सन् २०१९ को आइफा अवार्ड आयोजना गर्न चाहने ती देशहरुमध्ये नेपाल एउटा हो । तर आइफाको २० औँ संस्करण नेपालमा गर्नेबारे अहिलेसम्म औपचारिक निर्णय भएको छैन । पछिल्ला क्रियाकलापमा आइफा संलग्न छैन’ विजक्राफ्टले लेखेको छ । 

विजक्राफ्टका अन्तराष्ट्रिय निर्देशक आन्द्रे टिमिन्सको हस्ताक्षर रहेको विज्ञप्तिमा दुई पक्षबीच सहमति नजुट्दै नेपालमा बढी भएको उल्लेख गरिएको छ । 

चौतर्फी आलोचनापछि नेपाल पर्यटन बोर्डले आइफा अवार्ड नेपालमा नगर्ने जनाएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved