पेट्रोलियम पदार्थको मूल्य बढ्ने !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2019 | 04:36:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढ्ने भएको छ । भारतले बजेट मार्फत डिजेल र पेट्रोलमा थप कर लगाउने भएपछि भारतमा मुल्य बढी त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको हो । भारतकी प्रथम महिला अर्थमन्त्री निर्मला सीतारमणले नयाँ आर्थिक बर्ष बजेट पेश गर्दै डिजल र पेट्रोलमा थप १-१ रुपैयाँ कर लगाउने घोषणा गरेकी हुन् । उनले पेट्रोल र डिजेलमा अन्त:शुल्क बढाएकी हुन् । 

नेपालले भारतबाट मात्र पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ । नेपालले भारतबाट आउने मूल्य सुचीलाई आधार मानेर नेपालमा स्वचालित प्रणालीबाट पेट्रोलियम पदार्थको मूल्य तोक्ने गर्दछ  । 

हालै चुनाव जितेर दोस्रो कार्यकाल सम्हालेको नरेन्द्र मोदी नेतृत्वको सरकारको यो पहिलो बजेट हो। मन्त्री सीतारमणले भारतको अर्थतन्त्रलाई सन् २०२५ भित्र पाँच ट्रिलियन अर्थात् पचास खर्ब डलर बराबरको पुर्‍याउने घोषणा गरेकी छिन्। त्यसको अर्थ हो, आगामी पाँच वर्षमा भारतीय अर्थतन्त्रको आकार हालको भन्दा झण्डै दोबर पारिनेछ।  संसदमा आफ्नो पहिलो बजेट प्रस्तुत गर्दै उनले त्यो लक्ष्य हासिल गर्न थुप्रै नयाँ योजनाको घोषणा गरिन्। त्यस्ता नयाँ योजनाहरूमा सामाजिक पूर्वाधार विकासदेखि लिएर अन्तरिक्ष तथा वातावरणसम्बन्धी कार्यक्रमहरू समावेश छन्। सन् २०२२ भित्र सबै ग्रामीण परिवारको पहुँचमा बिजुली र सफा खानपानको सुविधा पुर्‍याउने घोषणा उनले गरिन्।

बजेटमार्फत वार्षिक २ देखि ५ करोड भारु आम्दानी हुनेमाथि ३ प्रतिशतको अतिरिक्त कर लगाइने बताइएको छ। त्यस्तै वार्षिक ५ करोड भन्दा धेरै आम्दानी हुनेमाथि ७ प्रतिशतको अतिरिक्त कर लगाइने छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved