चितुवाको आक्रमणबाट घाइते भएमा २ लाख पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2019 | 10:43:27 AM मा प्रकाशित

laxmi  sunrise bank

बाँकेमा चितुवा आक्रमणमा परी घाइते भएकालाई वन कार्यालयले दुई लाख सहयोग गरेको छ । डिभिजन वन कार्यालय बाँकेले आक्रमणमा परी घाइते भएका खजुरा गाउँपालिकाका दीपबहादुर श्रीसलाई सहयोग गरेको हो ।

नेपाल सरकारको वन्यजन्तुबाट हुने क्षतिको राहतकोषअन्तर्गत उक्त रकमको चेक घाइते श्रीसलाई प्रदान गरिएको डिभिजन वन कार्यालय बाँकेका डिभिजन वन अधिकृत मोहन श्रेष्ठले बताए । गाउँ बस्तीमा पसेर वन्यजन्तुले मानवलाई क्षति गरेमा यस्तो खालको राहत प्रदान गरिने सरकारको नियम कानूनअनुसार उहाँलाई सहयोग प्रदान गरिएको श्रेष्ठले जानकारी दिए। 

वन्यजन्तु गाउँ बस्तीमा पसेर कुनै पनि मानवलाई आक्रमण गरी सामान्य घाइते बनाए रु ५० हजार, गम्भीर घाइते बनाए रु दुई लाख र मृत्यु नै भए रु १० लाखसम्मको राहतबापत आर्थिक सहयोग हुने व्यवस्था रहेको छ ।

श्रीसलाई गाउँमै चितुवाले आक्रमण गर्दा गम्भीर घाइते भएका थिए । नेपालगञ्जस्थित अस्पतालमा उपचारपछि उनको स्वास्थ्यमा सुधार आएको जनाईएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved