दुई भारतीय महिलाको स्कुटर दुर्घटनामा मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2019 | 11:01:45 AM मा प्रकाशित

laxmi  sunrise bank

स्कुटर दुर्घटनामा परी दुई भारतीय महिलाको मृत्यु भएको छ । शुक्रबार साँझ बेलौरीको शिवनगरमा रहेको माइती भेट्न आएका उनिहरुको मृत्यु भएको हो ।

युपि २६ एए ६५३८ नं को  स्कुटर कल्भर्टमा ठोक्किँदा मृत्यु भएको प्रहरीचौकी भुडाका प्रहरी सहायक निरीक्षक डम्बरसिंह कार्कीले बताए । मृत्यु हुनेमा भारतको उत्तरप्रदेशको पिलिभित जिल्ला ग्राम कम्पोजनरका २५ वर्षीय मनिषा हमाल र २३ वर्षीय पलविन्दर चौधरी रहेका छन् । 

दुवै जना माइतीलाई भेट्न आउने क्रममा  स्कुटर असुन्तुलन भई कल्र्भटमा ठोक्किँदा गम्भीर घाइते भएपछि तत्कालै एम्बुलेन्समार्फत अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको उनले बताए । मृतक दुवै जनाको शव आज परिवारको जिम्मा लगाइएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved