‘मोस्ट वान्टेड’ सूचीमा रहेका नसिम खान पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2019 | 12:12:52 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका नसिम खान पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) मार्फत खटिएको प्रहरी टोलीले काठमाडौंको बानेश्वरबाट सनिबार विहान १० बजे पक्राउ गरेको हो ।

कपिलवस्तुलाई केन्द्र बनाइ अपहरण, फिरौती र हत्या जस्ता ८ घटनामा संलग्न रहेको आरोपमा खानलाई पक्राउ गरिएको सीआइबीका प्रवक्ता एवम् एसपी दिपक रेग्मीले बताए । 

खानले पछिल्लो पटक २०७४ फागुनमा मोहम्मद रहमानको हत्या गरी फरार भएका थिए । पछिल्लो समय २०७४ वैशाख १३ गते मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष फतेह मोहम्मदका छोरा ५ वर्षीय मोहम्मद अयमान मुसलमानको अपहरणपछि हत्या गरेको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता गरिएको छ । खानविरुद् ७ वटा कर्तव्यज्यान र एउटा डाँका मुद्धा दर्ता छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved