भारतीय तरकारीको विषादी परीक्षण नगर्ने निर्णयप्रति अनेरास्ववियुको आपत्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2019 | 02:17:29 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतबाट आयात हुने तरकारी विषादी परीक्षण स्थगित गर्ने सरकारी निर्णयको सत्तारुढ नेकपाकै विद्यार्थी संगठनले नै विरोध जनाएको छ । 

नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुले सरकारले संविधान विपरीत निर्णय गरेको भन्दै पहिलाकै निर्णयमा अडिग रहन माग गरेको छ । कार्यवाहक अध्यक्ष रञ्जित तामाङले विज्ञप्ति निकाल्दै सरकारको निर्णय संविधानको धारा ३६ को खाद्य सम्बन्धी मौलिक हकको मर्मविपरीत रहेको दाबी गरेका हुन् ।

‘यो निर्णयबाट सरकार र सरकारका निकाय प्रत्यक्ष वा परोक्ष रूपमा कतै अनुचित विदेशी दबाबमा परेर पछि हटेका त हैनन् भन्ने गम्भीर आशंका समेत पैदा भएको छ’, विज्ञप्तिमा लेखिएको छ, ‘यसर्थ कुनै पनि शक्ति केन्द्रको अनुचित दबाबमा नपरी आयतित विषाक्त फलफूल र तरकारीको सीमा क्षेत्रमा परीक्षण गरेर मात्र प्रवेश गराउने पूर्ववतः निर्णयमा अडिग रहन नेपाल सरकार र अन्य सम्बद्ध मन्त्रालय समक्ष जोडदार माग गर्दछौँ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved