विप्लव समूहद्धारा १२ वडामा तालाबन्दी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2019 | 09:17:39 AM मा प्रकाशित

laxmi  sunrise bank

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले अछामका १२ वटा वडा कार्यालयमा तालाबन्दी गरेको छ । विप्लवको सेती महाकाली ब्यूरोका नामबाट वडाहरुमा तालाबन्दी गरिएको बताईएको छ । 

मंगलसैन नगरपालिकाको वडा नम्बर १ कुन्ती र १३ बस्ती, ढकारी गाउँपालिकाको वडा नम्बर २ हिच्मा, तुर्माखाद गाउँपालिकाको वडा नम्बर २ भुलु र ७ तोषि, पञ्चदेवल बिनायक नगरपालिकाको कालेकाँडा, बाराला, लयाँटी र पुल्लेतोला, रामारोशन गाउँपालिकाको वडा नम्बर ३ शान्तडा, ४ बाटुलसैन र ६ भटाकाटियाका वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।

मंगलसैन नगरपालिका– १ का वडाध्यक्ष गोपाल थापाले कार्यालयको ताला तोडेर छुट्टै ताला झुण्ड्याइएको जानकारी दिएका छन् । रामारोशन–३ का अध्यक्ष ताराबहादुर साउदका अनुसार वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved