२५औं कार्गो दिवस सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2019 | 06:51:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल फ्रेट फरवार्ड्स एसोसिएसनले २५औं कार्गो दिवस मनाएको छ। नेपालमा कार्गो दिवस मनाउन थालेको २५ वर्ष पुगेको अवसरमा एसोसिएसनले राजधानीमा एक कार्यक्रम गरेर दिवस मनाएको हो । एसोसिएसनले हरेक वर्ष २९ जुलाईमा कार्गो दिवस मनाउँदै आइरहेको छ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको कार्गो व्यवसयमा रहेको समस्याहरु समाधान गर्दै अघि बढ्नुपर्ने बताए। आयातनिर्यात व्यवसाय रहेको कार्गो सेवालाई प्रविधिमैत्री बनाउँदै लग्नुपर्ने तथा नेपालमा जलमार्ग तथा रेलमार्ग पनि विकास गर्ने तयारीमा रहेकोले यो व्यवसायको लागत तथा नेपालको व्यापारको अवस्था नै परिवर्तन गर्ने बताए।

पुनले आगामी वैशाखसम्म नेपालले रेलबाट नै वस्तु आयात निर्यात गर्ने उनको दाबी गरे। 

एसोसिएसनका अध्यक्ष प्रकाशसिंह कार्कीले १ सय ३० वटा कार्गो कम्पनीहरु एसोसिएसनमा आबद्ध रहेको जानकारी दिए।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved