मौद्रिक नीतिका कारण निजि क्षेत्र असन्तुष्ट हुनु पर्दैन : पुर्व कार्यकारी निर्देशक थापा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2019 | 01:33:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक नरबहादुर थापाले माैद्रिक नीति आर्थिक वृद्धिदरमा सहयोग पुग्ने किसिमको आएको बताएका छन् । बुधबार राधजानीमा आयाेजित मौद्रिक नीतिले अर्थतन्त्रमा पार्ने प्रभावका विषयमा छलफल कार्यक्रममा बाेल्दै उनलेे यस्तो बताएका हुन् ।  आर्थिक वृद्धिदरमा सहयोग पुग्ने किसिमको मौद्रिक नीति आएकोले निजी क्षेत्रले असन्तुष्टि जनाउनु आवश्यक नरहेको पनि उनले बताए । 

उनले राष्ट्र बैंकको काम गर्ने शैलीप्रति असन्तुष्टि जनाएका । राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट एक महिना मात्रै अवकाश थापाले माैद्रिक नीति सार्वजनिक गर्ने मिति तय गर्न राष्ट्र बैंक चुकेकाे बताए ।

उनले राष्ट्र बैंकलाई मौद्रिक नीतिको विषयमा क्यालेन्डर नै बनाउन सुझाव दिएका हुन् । वर्षमा एक पटक माैद्रिक नीति सार्वजनिक हुने गरेको छ भने त्रैयमासिक रुपमा माैद्रिक नीतिकाे समीक्षा हुँदै आएको छ । यी कामहरु कुन मितिमा गर्ने भन्ने क्यालेन्डर बनाउन राष्ट्र बैंक चुकेकाे थापाले बताए । बुधबार राधजानीमा आयाेजित मौद्रिक नीतिले अर्थतन्त्रमा पार्ने प्रभावका विषयमा छलफल कार्यक्रममा बाेल्दै उनलेे भने, 'क्यालेन्डर बनाएर माैद्रिक नीति सार्वजनिक हुनुपर्नेमा राष्ट्र बैंक चुकेकाे छ ।'

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved