उर्जामन्त्रीले गरे सचिवसँग कार्यसम्पादन सम्झौता, पद ओगटेर मात्र नबस्न चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2019 | 04:45:10 PM मा प्रकाशित

laxmi  sunrise bank

उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले सचिवहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन्। मन्त्री पुन उर्जातर्फका सचिव दिनेश कुमार घिमिरे र सिंचाई तर्फका सचिव डा. संजय शर्मासंग कार्यसम्पादन सम्झौता गरेका हुन। 

तेस्रो चौमासिक एवं बार्षिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकपछि मन्त्री पुनले सचिवहरुसंग सम्झौता गरेका हुन् । मन्त्री पुनले जनताको अपेक्षालाई पुरा गर्न आफु पनि अहोरात्र खट्ने भन्दै मातहतका निकायलाई परिणाम दिने गरी काम गर्न निर्देशन दिए । उनले सरकारले  अघि सारेको योजनालाई मन भित्रैबाट पुरा गर्न मातहतका निकायलाई निर्देशन दिए । 

मन्त्री पुनले प्रक्रिया मात्र नभई तालिका बनाएर नै काम गर्न निर्देशन दिदै काम नगरे कसैलाई पनि जिम्मेवारीमा नराख्ने चेतावनी दिएका छन् । उनले भने ' पद ओगटेर मात्र वस्न कसैलाई पनि छुट छैन, सचिव र मन्त्री पनि पदमा टिक्नैपर्छ भन्ने छैन् ।’ मन्त्री पुनले हरेक महिना मन्त्रालयमा समिक्षा वैठक राखेर कामको प्रगती विवरण लिने घोषणा समेत गरेका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved