मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्दा २ जना मजदुरको मृत्यु भएको छ । काठमाडौं–१६, बालाजुमा पाइप सफा गर्ने क्रममा सप्तरीका २५ वर्षीय सुरेश साह र उनका भाई २० वर्षीय शिवराम साहको मृत्यु भएको हो ।
उनीहरुलाई तत्काल उद्धार गरि महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको थियो । उपचारको क्रममा दुवै जनाको मृत्यु भएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ ।