डिशहोमले विभिन्न समयमा प्रदान गर्ने अफरहरु जस्तै यसपालि डिशहोम फण्ड ट्रान्सफर सेवा मार्फत रिचार्ज गर्दा भारि छुट दिने प्याकेज ल्याएको छ।
अनलाईन मार्फत ३ महिना, ६ महिना र बार्षिक रिचार्ज गर्दा ग्राहकले भारि छुट सहित बिभिन्न प्याकेज पाउने डिशहोमले जनाएको छ। सेट टप बक्स रिचार्ज गर्न मिल्ने फण्ड ट्रान्सफर सेवा मार्फत ३ महिना, ६ महिना र १२ महिनाको लागी रिचार्ज गर्न डिशहोमले जनाएको छ।
फण्ड ट्रान्सफर सेवा मार्फत एकमुष्ठ रिचार्ज गर्दा ग्राहकहरु लाई महिनै पिच्छे रिचार्ज कार्ड किनेर रिचार्ज गर्नुपर्ने झन्झट वाट मुक्ति मिल्ने र वार्षिक रिचार्ज गर्दा भारी छुट पनि प्राप्त गर्न सकिने डीसहोमले जनाएको छ।
रिचार्ज कार्ड वा अन्य सेवा प्रदायक मार्फत रिचार्ज गर्दा प्राप्त नहुने सुविधा 'एड अन प्याकेज' पनि फण्ड ट्रान्सफर सेवा मार्फत रिचार्ज गर्दा उपलब्ध हुनेछ।
३ महिनोको रिचार्जमा १ महिना, ६ महिनाको रिचार्जमा २ महिना र १२ महिनाको रिचार्जमा ४ महिनाको लागी आफुलाई मन परेको कुनै एक एड अन प्याकेज छानी छानी लिन सकिने कम्पनीले जनाएको छ। बार्षिक रिचार्ज गर्दा पहिले ४२०० तिरेकाले बेसिक प्याकेज अब ३६००, मिडियम प्याकेज ४८०० को सट्टा ४२००, वेसिक प्लस ५१०० को सट्टा ४५००, मिडियम प्लस ५७०० को सट्टा ४९९८, सुपर एचडी ६००० को सट्टा ४९९९, प्रिमियम एचडी ७२०० को सट्टा ५७९९ र लाईफस्टाईल एचडी १०८०० को सट्टा ८४०० मै उपलब्ध हुनेछ । फण्ड ट्रान्सफर सेवा डिशहोमको नेपाल भर रहेका आधिकारीक बिक्रेता, डिलर र सव डिलरकोमा उपलव्ध रहेको छ।