प्रदेश ३ सरकारले सवारी साधन नवीकरण गर्दाको जरिवाना शुल्क घटाएको छ । प्रदेश सरकारले यातायात सम्बन्धी व्यवस्था गर्न बनाएको ऐनलाई संसोधन गर्दै सवारी नविकरण जरिवाना शुल्क घटाएको हो ।
यस अघि सवारी साधनको ब्लुबुक नविकरण गर्दा म्याद सकिएपछि १०० प्रतिशत जरिवाना लाग्ने गरेको थियो । अब भने जरिवाना शुल्क घटेर अब ३२ प्रतिशतमा झरेको छ । ब्यापक जन गुनासो र दबाबपछि प्रदेश सरकार जरिवाना घटाउन बाध्य भएको हो । यो ऐन संसोधन भएसँगै सवारी धनीहरुलाई जरिवाना शुल्कमा राहत भएको छ ।