राष्ट्रपति विद्यादेवी भण्डारी इन्द्रजात्रा अवलोकन गर्न बसन्तपुर पुगेकी छन् । अपरान्ह ४ बजे उनी बसन्तपुर पुगेकी हुन् । राष्ट्रपति भण्डारीलाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्वागत गरे ।
इन्द्रजात्रामा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवी श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ ।