नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल मेलमिलाप परिषद बीच मेलमिलाप केन्द्रको स्थापना र सञ्चालन गर्न पूर्व–तयारी गर्ने सम्बन्धमा सहमति भएको छ। सो सहमतीपत्रमा महासंघका उपाध्यक्ष किशोर कुमार प्रधान र परिषदको तर्फबाट सदस्य सचिव नारायण प्रसाद पन्थीले हस्ताक्षर गरेका छन।
मेलमिलाप केन्द्र स्थापना प्रक्रिया, कार्य विधि, संस्थाको स्वरूप, कानूनी प्रक्रिया समग्र विषयमा अधिमुखीकरण गर्ने उद्देश्यले पूर्व न्यायधिस र वरिष्ठ अधिवक्ताहरूको कार्यपत्र सहितको अन्तरक्रिया कार्यक्रम आयोजना गरि कार्यक्रम मार्फत प्राप्त पृष्ठ पोषणलाई आधार मानि केन्द्र स्थापना कार्य अगाडी बढाउने विषय सहमतिपत्रमा उल्लेख गरिएको छ ।
महासंघका उपाध्यक्ष प्रधानले परिषदसंगको सहमतीले उद्योगी व्यवसायीहरूको समस्या समाधान गर्न निकै सहज हुने बताए। उनले यो सहकार्य व्यवसायिक समस्या समाधानमा कोशेढुंगा सावित हुने समेत विश्वास व्यक्त गरे।