प्रधानमन्त्रीको सरकारी निवास शिलान्यास गरिएको छ । हालको बालुवाटारस्थित निवास भित्रै प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ भवनको शिलान्यास गरेका हुन् । ४० करोड रुपैयाँ (भ्याटबाहेक) लागत अनुमान गरिएको नयाँ भवन २ वर्षभित्र निर्माण सम्पन्न गर्ने सरकारी लक्ष्य छ ।
दुईवटा नयाँ भवन बन्ने छन् । साढे दुई तलाको एउटा भवन प्रधानमन्त्रीले निजी प्रयोजनका प्रयोग गर्नेछन् भने तीन तलाको अर्को भवन सार्वजनिक प्रयोजनका लागि प्रयोग गरिने छ ।
नयाँ भवन करिब एक रोपनी क्षेत्रफलमा फैलिने छ ।