सिमेन्ट उत्पादक संघमा मुरारका समूहको असन्तुष्टि, विवाद के हो ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 20, 2019 | 01:47:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सिमेन्ट उत्पादक संघको विवाद सहतमा नै आएको छ । संघको एउटा समूह बाहिरिएको हल्ला सार्वजनिक भएपछि सिमेन्ट उत्पादन संघको विवाद छताछुल्ल भएको हो । अर्घाखाची सिमेन्टका अध्यक्ष समेत रहेका पशुपति मुरारका समूहले संघ छोडेको विषय बाहिरिएको छ । 

सिमेन्ट उत्पादक संघले सरकारसँग सिमेन्टको गुणस्तर निश्चित गर्न माग गर्दै आएको थियो । अहिले नेपाली सिमेन्ट उद्योगले ३३ ग्रेडको सिमेन्ट उत्पादन गर्ने अनुमति पाएका छन् । तर उद्योगीहरुले ५३ ग्रेडको पनि उत्पादन हुने दाबी गर्दै आएका छन् । यही विषयमा संघले ५३ ग्रेडको समेत गुणस्तको व्यवस्था माग गर्दै आएको थियो । तर सरकारले संघको माग अनुसार गुणस्तरको प्रवन्ध नगरेपछि संघको नेतृत्वसँग केही व्यवसायी असन्तुष्ट थिए । उनीहरुले नेतृत्व आफूहरुलाई दिन आग्रह गर्दै संघको नेतृत्व पाए सिमेन्ट उद्योगका समस्या समाधान गर्न सरकारलाई बाध्य पार्ने दाबी गर्दै आएका थिए ।

असन्तुष्ट समूहले संघबाट राजीनामा दिएको विषय बाहिर आएपनि संघका अध्यक्ष ध्रुव थापाले भने संघमा राजीनामा नआईसकेको बताएका छन् । उनले सामान्य विवादमा संघ नै टुक्रिन्छ भन्ने आफूलाई नलागेको भन्दै असन्तुष्टिहरु बसेर छलफलकै माध्यमबाट टुंगो लगाउनुपर्ने बताए । सरकारलाई सिमेन्टको गुणस्तर (५३ ग्रेडसम्मको अनुमति) कायम गर्न पटकपटक आग्रह गरिएको उनको भनाई छ ।

यस विषयमा असन्तुष्ट समूहले भने अहिले नै केही नबोल्ने बताएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved