दशैँको टीकाकै दिन चिनियाँ राष्ट्रपति नेपाल आउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2019 | 02:28:48 PM मा प्रकाशित

laxmi  sunrise bank

चिनियाँ राष्ट्रपति सि जिन फिङको नेपालीहरुको महान चाड बडादशैँको टीकाको दिन असोज २१ गते नेपाल आउने भएका छन् । चिनियाँ विदेश मन्त्री वाङ यी नेपाल भ्रमण सकेर फर्किएपछि राष्ट्रपति सिको भ्रमण मिति तय भएको हो । 

राष्ट्रपति सि करिब १० घण्टा नेपाल बस्नेछन् । दशैंको अवधिमा काठमाडौँमा चहलपहल कम हुने र सुरक्षा निकायलाई सुरक्षा प्रबन्ध मिलाउन सहज हुने भएकाले दशैँको टीकाकै दिन सिलाई नेपाल ल्याउन लागिएको हो । राष्ट्रपति सिको भ्रमणमा बिआरआई परियोजनामा समावेश योजनाहरुको कार्यान्वयन सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने बुझिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved