भीआईपी अवासको शिलान्यास आज, २ वर्षमा ४१ भवन बनाईदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2019 | 08:38:04 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले भीआईपीको लागि बनाउन लागेको आवासको आज शिलान्यास हुँदैछ । प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्रीहरुका लागि सरकारले ललितपुरको भैंसेपाटीमा बनाउन लागेको आवासको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्दैछन् । 

१४९ रोपनी ४ आना ३.२८ दाम जग्गामा सभामुख, उप–सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, मन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्रीहरुका लागि छुट्टा छुट्टै भवन बनाउँदै छ । दुई वर्षभित्र १ अर्ब ४५ करोड लागतका २७ वटा भवन बनाइने छ । 

प्रदेश प्रमुख र मुख्यमन्त्रीको अवासका लागि १४ वटा भवन बनाउन ८५ करोड बजेट छुट्याइएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved