६ सवारीसाधन नियन्त्रणमा, बढी भाडा लिए खबर गर्न प्रहरीको आग्रह

रासस

रासस

Oct 07, 2019 | 10:02:22 AM मा प्रकाशित

laxmi  sunrise bank

दशैँको अवसरमा पोखराबाट बाहिरी जिल्ला जाने सर्वसाधारणलाई बढी भाडा लिएका छ सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार नियन्त्रणमा लिएको छ ।

दशै मनाउन घर फर्कने यात्रु नठगिऊन् भन्ने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट बाहिरिने मुख्य सडकमा यात्रु सहायता कक्ष स्थापना गरेको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिए।

यात्राका क्रममा बीच बाटोमा यात्रुलाई अप्ठ्यारोमा पारी मनोमानी रुपमा बढी भाडा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न चेकिङका साथै सादा पोशाकमा प्रहरी परिचालन गरिएको बताउँदै उनले यस क्रममा बढी भाडा असुल गरेको छ सवारीसाधन र चालकलाई पक्राउ गरी थप अनुसन्धान गरिएको बताए। मनोमानी रुपमा बढी भाडा लिई बार्गेनिङ गरी बढी भाडा असुल गरेको पाइएमा प्रहरीमा खबर गर्न उनले सबैसँग आग्रह गरे।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved