चिनियाँ राष्ट्रपति सी जिन पिङको सवारीका बेला सर्वसाधारणले समेत सडक किनारामा उभिन नपाउने भएका छन् । सीको सवारी हुँदा सडकका किनारा खाली गराइने छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै उनी सोल्टी होटल जानेछन् । त्यसपछि शीतल निवासमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन् ।
महानरीय प्रहरी परिसर, काठमाडौंका अनुसार सीको ओहोर दोहोरको अधिमा सडक पूर्ण रुपमा खाली गरिनेछ । सर्वसाधारणलाई सडकको पेटीमा हिँडडुल गर्न तथा उभिएर हेर्न समेत बन्देज गरिनेछ ।