काठमाडौंको दरबारमार्ग स्थित एक रेस्टुरेन्टमा भिषण आगलागी भएको छ । दरबारमार्गको भिक्ट्री लाउन्ज डान्स रेष्टुरेन्टमा आइतबार बेलुका भिषण आगलागी भएको हो ।
आगलागी धेरै मात्रामा नियन्त्रण भएपनि अझैं पूर्ण नियन्त्रणमा आउँन नसकेको प्रत्यक्षदर्शीले बताएका छन। आगो निभाउनका लागि दर्जन हाराहारीमा दमकल प्रयोग भएका छन भने सुरक्षार्थ नेपाल प्रहरी र सेनाको टोलि समेत खटिएको छ। स्ट्याण्ड बाईको लागि एम्बुलेसं समेत राखिएको छ।
धेरै पानि ट्यांकर ब्याकअप को लागि राखिएका छन। तर आगोलागि भएको ठाउँ अग्लो स्थानमा भएकाले नियन्त्रण लिनलाई कठिनाई भएको देखिएको छ।
यसअघि:
दरबारमार्गमा भिषण आगलागी