जल तथा मौसम विज्ञान विभागले देशभरको मौसम बदलि भएको जनाएको छ। बिभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अरब सागरको पूर्वी-मध्य भागमा विकशित भएको न्यून चापीय प्रणालीका साथै पश्चिमी वायुको प्रभावको कारणले नेपालको मौसममा बदलि आएको जनाएको हो ।
विभागले ३ दिनको मौसम पूर्वानुमान सार्वजनिक गर्दै देशका केहि स्थानमा वर्षाको सम्भावना रहेको र उच्च हिमालि भु-भागमा हल्का हिमपातको संभावना रहेको जनाएको छ।
यस्ता छ विभागले गरेको ३ दिनको मौसम पूर्वानुमान :
कार्तिक ०६ गते (बुधबार)
दिउँसो : देशका मध्य तथा पूर्वी भू-भागमा सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी पहाडी भेगका एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
राती: देशका देशको मध्य तथा पूर्वी भू-भागमा सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी पहाडी भेगका थोरै तथा पश्चिमि पहाडि भेगका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमालि भु-भागमा हल्का हिमपातको संभावना रहेको छ।
कार्तिक ०७ गते (बिहिबार)
दिउँसो : देशका मध्य तथा पूर्वी भु-भागमा सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भेगका थोरै तथा पश्चिमि पहाडि भेगका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमालि भु-भागमा हल्का हिमपातको संभावना रहेको छ।
राती: देशका मध्य तथा पूर्वी सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भेगका थोरै तथा पश्चिमि पहाडि भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमालि भु-भागमा हल्का हिमपातको संभावना रहेको छ।
दिउँसो : देशका मध्य तथा पूर्वी भु-भागमा सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भेगका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमालि भु-भागमा हल्का हिमपातको संभावना रहेको छ।
राती: देशका मध्य तथा पूर्वी सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमालि भु-भागमा हल्का हिमपातको संभावना रहेको छ।