नामिबिया र पपुवा न्यू गिनीलाई एक दिवसीय टिमको मान्यता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2019 | 01:22:01 AM मा प्रकाशित

laxmi  sunrise bank

नामिबियामा सम्पन्न आईसीसी विश्व क्रिकेट क्रिकेट लिगमा तालिकामा शीर्ष चारभित्र रहन सफल हुँदै नामिबिया र पपुवा न्यू गिनीले एक दिवसीय क्रिकेट टिमको मान्यता पाएका छन् ।

दुवै टिमले चार वर्षका लागि एक दिवसीय मान्यता पाएका हुन। लिगको अन्तिम खेलमा हङकङलाई १५१ रनको भारी अन्तरले पराजित गर्दै नामिबिया छनौट भएको हो। जितसँगै नामिबिया डिभिजन टूको दोस्रो स्थानमा उक्लिएको छ  

त्यस्तै पपुवा न्यू गिनीले भने एक खेलअघि नै एक दिवसीय मान्यता पाएको हो। उसले ओमानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो स्थान सुरक्षति गरेको हो। २२१ रनको योगफल तयार पारेको पपुवा न्यू गिनीले ओमानलाई ७६ रनमा अलआउट गरेपछि १४५ रनको जित निकाल्यो ।यसअघि अमेरिका र ओमानले एक दिवसीय मान्यता पाइसकेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved