बौद्ध धर्मसंग सम्बन्धित खेललाई बेवास्ता, खेलाडी भन्छन, 'सहयोग नभएपनि स्वर्ण जित्छौं'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2019 | 09:21:24 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी मे ३ देखि ६ तारिख (बैशाख २०–बैशाख २२) गतेसम्म मलेसियामा हुन गइहेको ओकिनावा गोजु–रियो खुला अन्तिर्राष्ट्रिय कराँते प्रतियोगिता–२०१९ मा सहभागी हुने खेलाडीहरुलाई बिदाई गरिएको छ। १७ देशको सहभागिता रहने उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने तीन खेलाडीसहित पाँच सदस्यीय टोलीको आज बिदाई गरिएको हो । 

एसोशिएशनका अनुसार उक्त प्रतियोगितामा विवश घिमिरे (–६५), विनोदमान श्रेष्ठ (+८०) र कुमार चौलागाई (–६०) ले सहभागिता जनाउनेछन् । प्रतियोगिताको निर्णायक भूमिकामा रञ्जनमान श्रेष्ठ र टोली व्यवस्थापकमा जितेन्द्र प्रसाद साह रहनेछन् । 

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, साउथ एसिएन कराँते महासंघका उपाध्यक्ष पुरेन्द्र बिक्रम लाखे र समाजसेवी ईश्वलाल जोशीलगायतले खेलाडीहरुलाई विदाई गरेका हुन् । 

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले बुद्ध नेपालमा जन्मेर फैलाएको ज्ञान र धर्मलाई संसारले मान्ने तर नेपालमै बौद्ध धर्मसंग सम्बन्धित खेललाई नेपालको राष्ट्रिय खेलको रुपमा नहेर्नुले खेललाई सरकारले प्राथमिकता दिन नसकेको गुनासो पोखे । 

सम्पुर्ण मार्सल आर्टका खेलहरु बुद्ध धर्मसंग सम्बन्धित रहेको बताउदै उनले जुडो, उस्सु, ताईकुण्डो र कराँतेका खेलहरु एकै वर्गका भएको पनि टिप्पणी गरे । कराँते खेलमा उमेरको कुनै समय सिमा नरहेको बताउदै उनले सबैभन्दा बढि पदक पनि कराँतेले नै जितेको जानकारी गराएका थिए ।

कराँतेलाई व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्ने आवश्यकत्ता औंल्याउँदै उनले सरकारले पनि उचित लगानी गर्न आवश्यक रहेको बताए । साथै, उनले प्रतियोगितामा सहभागी खेलाडीहरुले राम्रो प्रर्दशन गरेर देखाए आफुलेपनि आर्थि सहयोग गर्ने घोषणा गरेका छन् । 

उनले भने,‘हाम्रा खेलाडीहरुले राम्रो प्रर्दशन गरेर देशको नाम र खेलको प्रतिष्ठा बढाउनेछन भन्नेमा म पूर्ण विश्वस्त छु । खेलाडीहरुलाई मेरो तर्फबाट सफलताको लागि हार्दिक शुभकामना छ ।’

कार्यक्रममा प्रशिक्षक रञ्जनमान श्रेष्ठले आफूहरुलाई राज्यको तर्फबाट कुनै सहयोग नभएको गुनासो पोखे । राज्यले सहयोग नगरेपनि उक्त प्रतियोगितामा तीनै जना नेपाली खेलाडीहरुले स्वर्ण पदक जित्नेसमेत उनले उद्धघोष गरे।

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved