यू–१९ एसिया कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2019 | 10:25:45 AM मा प्रकाशित

laxmi  sunrise bank

यू–१९ एसिया कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोली घोषणा भएको हो । 

एसिया कपको छनोटमा बैकल्पिक खेलाडीको रुपमा रहेका सन्दीप जोरा, आसिफ शेख र सूर्य तामाङ यसपटक टिममा परेका छन् । यस्तै ऋत गौतम, पवन शरार्फ, भीम सार्की र हरिबहादुर चुहान पनि टोलीमा छन् । कुशल मल्ल, रासिद खान, कमल सिंह ऐरी, सागर ढकाल, खडकबहादुर बोहोरा, लोकेशबहादुर बम र प्रतिश जिसी पनि टोलीमा छन् ।

यसअघि टोलीमा परेका विशालविक्रम केसी र तिलकराज भण्डारी भने टोलीबाट बाहिरिएका छन् । नेपाली किशोर टोली शनिबार श्रीलंका प्रस्थान गर्नेछ । 

एसिया कप भने भदौ १९ बाट सुरु हुनेछ । समूह एमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् भने आयोजक श्रीलीकासँगै नेपाल, बंगलादेश र यूएई समूह बीमा छ ।

प्रतियोगिताको आफ्नो पहिलो खेल नेपालले २० भदौमा घरेलु टोलीसँग खेल्नेछ । त्यसपछि नेपालले २२ भदौमा बंगलादेश र २४ भदौमा यूएईसँग खेल्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved