पिपिएल क्रिकेटः ६ टिममा १२ नयाँ अनुहार, कसको मूल्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2019 | 10:39:34 AM मा प्रकाशित

laxmi  sunrise bank

पोखरामा हुने पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा सहभागि ६ टिमले १८ खेलाडी रिलिज गरेको छ । ६ टिमले आफ्ना ३/३ जना खेलाडी रिलिज गरेका हुन् । 

पोखरा पल्टनले दिपेश खत्री, विक्रम भुषाल, दिभ्यांसु मलिक, चितवन राइनोजले शक्ति गौचन, स्वप्निल अधिकारी र आकाश थापालाई रिलिज गरेको छ । बुटवल ब्लास्टर्सले सागर पुन, अनिल खरेल, प्रकाश केसी लाई रिलिज गरेको छ । उता धनगढी ब्लुजले भने दिलिप नाथ, सन्तोष भट्ट र योगेन्द्र कार्कीलाई टिमबाट हटाएको छ ।

यस्तै विराटनगर टाइटन्सले जितेन्द्र सिंह ठकुरी, रविन जोशी, हिमांशु दत्तलाई रिलिज गर्दा काठमाडौं गोल्डेन्सले नरेश बुढाऐर, सुमित झा र सुधिर चौधरीलाई हटाएको छ ।

धनगढीले जनही ५० हजारमा सुमन गौतम र अनिल खरेललाई किनेको छ भने काठमाडौं गोल्डेन्सले सुवास खकुरेल र अमृत भट्टराईलाई समान ५०/५० हजारमा अनुबन्ध गरेको छ । बुटवल ब्लास्टर्सले सेर मल्ललाई ५० र कमल खत्रीलाई ३० हजारमा किन्दा पोखरा पल्टनले आकाश चन्दलाई ५० हजार र कुशल मल्ललाई एक लाख ५० हजारमा भित्र्याएको छ ।

यस्तै विराटनगरले दिलिप नाथलाई ७५ हजार र लोकेश बमलाई ५० हजारमा ल्याएको छ । चितवनले विक्रम सोबलाई १ लाख ३० हजार र विक्रम भुषाललाई ५० हजारमा टिममा अनुबन्ध गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved