साग खेलकुदको टिकट इसेवाबाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2019 | 04:35:02 PM मा प्रकाशित

laxmi  sunrise bank

 १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को टिकट अनलाईनमा उपलब्ध हुने भएको छ । सागको टिकट भुक्तानी प्रदायक इसेवाबाट सहजै किन्न सकिने भएको हो ।

 काठमाडौमा हुने भलिबल, फुटबल, बास्केटबल र क्रिकेटको टिकट दर्शकले इसेवा मार्फत सहजै खरिद गर्न सक्ने छन । दर्शकले साग डट इसेवा डटकम डट एनपी (sag.esewa.gov.np)  मा गइ आफुले हेर्न चाहेको खेलको टिकट खरिद गर्न सक्नेछन् ।  दर्शकले आफ्नो नाम र मोबाईल नम्बर राखेर आफ्नै मोबाईलमा टिकटको इलेक्ट्रोनिक कपी डाउनलोड गर्न सक्ने छन । 

हरेक टिकटमा दर्शकको नाम, मोबाईल नम्बर र युनिक क्यूआर कोड रहनेछ । दर्शकले प्रवेशद्धारमा आफ्नो टिकट र  परिचयपत्र अनिवार्य देखाउनु पर्नेछ । उक्त टिकट रियल टाइममै भेरिफाई हुने र आइडी कार्ड देखाएपछि दर्शकले प्रवेश पाउनेछन् । 

यस्तै यसपटक फुटबल म्याचमा सिट नम्बर सहितको टिकट उपलब्ध रहेकाले आफ्नो टिकटमा उल्लेखित सिट नम्बरमा बसेर खेल हेर्न सकिनेछ । इसेवाले यसअघि पनि आइसीसी, एन्फा अन्तरगत विभिन्न अन्तर्राष्ट्रिय खेलहरूको टिकटिङ र प्रवेश व्यवस्थापन गरिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved