नेपालले बनायो विशाल स्कोर: ज्ञानेन्द्रको शतक, पारसको अर्धशतक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2019 | 10:33:24 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा जारी १३ औ दक्षिण एसियाली खेलुकुद प्रतियोगिता अन्तर्गत अहिले पुरुष क्रिकेटमा नेपाल र भुटानको खेल जारि छ । किर्तिपुर स्थित त्रिवी मैदानमा जारि खेलमा नेपालले भुटानलाई २३७  रन को विशाल लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २३६ रन बनायो । नेपालको लागि कप्तान ज्ञानेन्द्र मल्लले शतकीय पारि खेल्दै ५५ बलमा १०७ रन जोडे । जस क्रममा उनले ९ छक्का र ५ चौका प्रहार गरे । टि २० अन्तर्राष्ट्रिय क्रिकेटमा यो उनको पहिलो शतक हो । उनी टि २० मा शतक हान्ने दोस्रो नेपाली खेलाडी बनेका छन्  । पहिलो शतक भने पारस खड्काको नाममा रहेको छ  । 

त्यस्तै पारस खड्काले २८ बलमा ५७ रन बनाउदै अर्ध शतकीय पारि खेले भने दिपेन्द्र सिंह ऐरीले २७ बलमा ४५ रन बनाए । टि २० मा नेपालले बनाएको यो हाल सम्म कै ठुलो स्कोर हो ।

नेपाल यस अघिको खेलमा श्रीलंकासंग हार बेहोरेको थियो । क्रिकेटमा श्रीलंका, बंगलादेश, नेपाल, माल्दिभ्स र भुटान छन् । राउण्ड रोबिन खेलपछि समुहको शिर्ष स्थानमा रहने २ टोलीले स्वर्ण पदकको लागि प्रतिस्पर्धा गर्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved