पाकिस्तान सुपर लिगमा बिकेनन नेपाली खेलाडी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2019 | 04:07:20 PM मा प्रकाशित

laxmi  sunrise bank

‘पाकिस्तान सुपर लिग (पिएसएल) टी–२०’को ड्राफ्टमा परेका नेपाली खेलाडीलाई कुनै पनि टिमले नलिने भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका ८ खेलाडी उक्त फ्रेन्चाइज क्रिकेटको ड्राफ्टमा समावेश भएका थिए ।

पूर्वकप्तान पारस खड्का, उपकप्तान दीपेन्द्रसिंह ऐरी, स्पिनर सन्दीप लामिछाने, विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी, ब्याट्सम्यानहरु आरिफ शेख, रोहितकुमार पौडेल तथा शरद भेषवाकर र बलर सोमपाल कामी ड्राफ्टमा परेका थिए । तर उनीहरुलाई कुनै पनि टिमले लिन चाहेनन् । 

पिएसएलमा इस्लामावाद युनाइटेड, कराची किङ्ग्स, लाहोर क्वालन्डर्स, मुल्तान सुल्तान्स, पेशावर जल्मी र क्वेटा ग्लाडियर्टसबीच प्रतिस्पर्धा हुनेछ । आगामी फेब्रुअरीमा पाकिस्तानमा हुने खेलको खेलाडी छनौटको ड्राफ्ट भने आगामी डिसेम्बर ६ र ७ मा हुँदैछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved