३ अंक जोड्ने लक्ष्य सहित चाइनिज ताइपेईसँग फुटबल खेल्दै नेपाली टोली, कहाँ हेर्ने लाइभ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2021 | 09:26:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले फिफा विश्वकप र एसियनकप फुटबल छनोटको दोस्रो चरणको खेल आज बिहीबार चाइनिज ताइपेईविरूद्ध खेल्दै छ। सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेल आज खेल्न लागेको हो। 

इराकसितको मैत्रीपूर्ण खेल खेलेर टोली त्यहाँबाट कुवेत प्रस्थान गरेको हो। कुवेतमा नेपाली टोलीले तीन खेल खेल्ने छ । पहिलो खेल नेपालले आज चाइनीज ताइपेइसित खेल्ने छ । दोस्रो खेल जेठ २४ गते जोर्डनसित तथा तेस्रो खेल जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ।

विश्वकप छनोटमा नेपालले अहिलेसम्म एक खेलमा मात्र जित हासिल गरेको छ भने चार खेलमा पराजित भएको छ । समूह बी मा रहेको नेपाल तीन अंक जोड्दै चौथो स्थानमा छ । सोही समूहमा रहेको चाइनीज ताइपेइ अङ्कबिहीन छ । समूहको शीर्ष स्थानमा १२ अंकका साथ अस्ट्रेलिया छ भने दोस्रो स्थानमा १० अंकसहित कुवेत रहेको छ । यस्तै १० अंकका साथ जोर्डन तेस्रो स्थानमा छ ।

कुवेत सिटीको चर्को गर्मीमा हुने खेलमा नेपाली टिमले आज ३ अंक जोड्ने कोसिस गर्नेछ । नेपालले चाइनिज ताइपेईलाई डेढ वर्षअघि उसैको भूमिमा हराएको थियो । विश्वकप २०२२ र एसियन कप २०२३ छनोटमा नेपालले हात पारेको एकमात्र जित हो त्यो। ताइवानमा ३ अंक जोडेपछि दशरथ रंगशालामा नेपाली खेलाडीहरू ढुक्कसँग खेल्ने अनुमान गरिएको थियो ।

तर, कोरोना भाइरस महामारीले ताइवानी टिमलाई नेपाल आउन दिएन । नेपालले घरेलु मैदानका अरू दुई खेल ९अस्ट्रेलिया र जोर्डनविरुद्ध० पनि अन्तै खेल्नुपर्ने भएको छ । विश्वकप र एसियन कपको संयुक्त छनोट पनि १९ महिनापछि फेरि सञ्चालन भएको हो। यस कारण नेपालले घरेलु मैदानका बााकी तीन खेल तटस्थ भूमि कुवेत सिटीमा खेल्नुपर्ने भएको हो। 

भर्चुअल रूपमा आयोजित प्रि–म्याच प्रेस कन्फ्रेन्समा बुधबार प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले कुवेतको मौसममा खेल्न सजिलो नभएको बताएका छन्। शनिबार नेपाल र ताइवानको प्रतिस्पर्धा सुरु हुँदा कुवेत सिटीको तापक्रम ४७ डिग्री सेल्सियस हुनेछ । यस बेला काठमाडौंको तापक्रम २५ डिग्री अनुमान गरिएको छ भने ताइपेईको २७ डिग्री । 

इराकसँगको प्रतिस्पर्धाबाट थुप्रै सकारात्मक पक्ष भेट्टाएको उल्लेख गर्दै प्रशिक्षक अब्दुल्लाहले एसियन कप छनोट (तेस्रो चरण) मा नेपालको सम्भावनाका लागि ताइवानलाई हराएर समूहमा चौथो स्थानमा सुरक्षित हुने बताए। 

हेड टु हेड

नेपाल र ताइवानले हालसम्म दुई खेल खेलेका छन् । त्यो पनि एक मैत्रीपूर्ण र यही विश्वकप छनोटमा । दुवै खेल ताइवानमा भएको थियो । काओसिङ ९६ जुन, २०१९० मा भएको मैत्रीपूर्ण खेल १–१ मा टुंगिएको थियो । 

नेपालले विश्वकप छनोटमा ताइपेईमा २–० को जित ९१० सेप्टेम्बर, २०१९० हात पारेको थियो । कुवेतमा ७–० को अनपेक्षित हार बेहोरेको पाँच दिनभित्रै नेपालले ताइपेईमा ३ अंक जोडको थियो ।

नेपालले आज बेलुकी नेपाली समय ९स्४५ बजे चाइनिज ताइपेईसँग खेल्दैछ। नेपालले खेल्ने सबै खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गर्ने भएको छ। जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अस्ट्रेलियासँग हुने खेल कान्तिपुरमा प्रत्यक्ष प्रसारण हुने भएको हो।

प्रत्यक्ष यसरी हेरौं:
Kantipur TV HD वेबसाइट : https://kantipurtv.com/live
एन्ड्रोइड : https://play.google.com/store/apps/details...
आइओएस् : https://apps.apple.com/us/app/kantipur-tv-hd/id1321889923

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved