युराेकपमा डिसहोमले दर्शकबीच पनि प्रतिस्पर्धा गराउदै, विजेतालाई बम्पर उपहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2021 | 03:51:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नजिक आइरहेको युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता यूईएफए यूरो २०२० का फुटबल प्रेमी दर्शकहरुलाई  लक्षित गरी डिसहोमले आफ्नो नयाँ अभियान मेरा मनको दोस्रो देश सुरु गरेको छ । गत वर्ष महामारीको कारण रद्ध गरिएको यूईएफए यूरो २०२० यस वर्ष डिसहोमले प्रसारण गर्ने भएको हो । 

दर्शकहरुले यो फुटबल प्रतियोगिता डिसहोमको एच.डि च्यानल एक्सन स्पोर्टस्मा हेर्न सक्नेछन् । सामाजिक संजालहरुमा #MeroMankoDosroDesh  ट्रेन्ड गराइ यस योजनाले फुटबल प्रतियोगितालाई दर्शकहरु बीच रोमान्चकारी बनाउने जनाइएको छ । 

 यस अन्तर्गत फ्यानहरुले आफूँले प्रशंसा र समर्थन गरेको  आफ्नो मनको दोस्रो देशलाई ट्याग गर्न सक्दछन् । यस माध्यमबाट उनीहरुले आफ्नो पक्ष र विपक्ष टीमलाई अरु कसले समर्थन गरिरहेका छन् भन्ने बारे जानकारी प्राप्त गर्नेछन् ।  

हरेक नागरिकको अनन्त प्रेम र समर्थन आफ्नै देशका लागि हुन्छ भने खेलमा भाग नलिएका देशका नागरिकको पनि आफ्नै समर्थनको दोस्रो देश हुन्छ । यस अभियानले प्रशंसकहरुलाई उनीहरुको दोस्रो देशको साथ खेलमा आनन्दित हुने अवसर सिर्जना गर्ने डिसहोमले जनाएको छ । 

यस अभियानबाट डिसहोमले समय समयमा कुन देशका सबै भन्दा धेरै समर्थक छन् भन्ने विवरण पनि निकाल्नेछ । जुन ह्यास्ट्यागरको मनको दोस्रो देश फाइनलमा जान्छ र खेल जित्छ, उनैले भाग्यशाली ड्र मार्फत बम्पर इनाम पनि जित्नेछ । यस बाहेक, फ्यानहरुले सामाजिक संजालमा प्रतियोगिताको भविष्यवाणीमा भाग लिइ विभिन्न उपहारहरु जित्न सक्नेछन् । 

अभियानमा भाग लिनको लागि सर्त तथा नियमहरु 

- सहभागीहरुले डिसहोमको फेसबुक पेज लाइक गर्नुपर्नेछ । 

- सहभागीहरुले आफ्नो फेसबुकको पोस्टमा अनिवार्य रुपमा  #MeroMankoDosroDesh  गर्नुपर्नेछ र आफूले समर्थन गरेको देशको नाम उल्लेख गर्नुपर्नेछ । 

- खेलको बीच अन्तरालमा समर्थन गरिएको देश परिवर्तन गर्न पाइने छैन । 

- प्रतियोगिताको क्वाटर फाइनल सम्मको ह्यास्ट्याग मात्र लक्की ड्रमा गणना हुनेछ । सहभागीहरुले खेलको अन्त्य सम्म आफ्नो मनको देशलाई समर्थन गरि #MeroMankoDosroDesh  संगै खेल सम्बन्धित पोस्ट गर्न सक्नेछन् । 

- विजेता राष्ट्र, पहिलो रनर राष्ट्र  र दोस्रो रनर राष्ट्र गरी तीन राष्ट्रका समर्थकले लक्की ड्रबाट बम्पर पुरस्कार जित्नेछन् । 

- विजेताहरुको घोषणा डिसहोमको फेसबुक पेजमा लक्की ड्रको माध्यमबाट हुनेछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved