पारस खड्काद्वारा सन्यासको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2021 | 07:56:14 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । मंगलबार बिहान एक वक्तव्य सार्वजनिक गर्दै उनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।

देशका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि भएको र आफ्नो क्रिकेट यात्रामा साथ, समर्थन र हौसला प्रदान गर्ने सबैप्रति ऋणी रहने पारसले भनेका छन् ।

राष्ट्रिय टिमका अल राउण्डर पूर्व कप्तान खड्काले मैदान भित्र आफूले बिताएकोदुई दशक मिठो यादका रुपमा रहने उल्लेख गरेका छन् । उनले आगामी दिनमा नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउन सबैले भूमीका खेल्ने विश्वास पनि व्यक्त गरेका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved